सत्यको विजय अवश्य हुन्छ, राजसंस्था र हिन्दुराज्यको एजेण्डा जनतामाझ स्थापित हुन्छ — OSNepal

सत्यको विजय अवश्य हुन्छ, राजसंस्था र हिन्दुराज्यको एजेण्डा जनतामाझ स्थापित हुन्छ

LC (KTM) August 14, 2021 0

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले विचार, सिद्धान्त र निष्ठालाई सर्वोपरी मानी अघि बढे पार्टीले गति लिने बताए ।‘सबभन्दा माथि विचार, सिद्धान्त र निष्ठा हुन्छ । यही शाश्वत सत्यलाई आत्मसात गरी अघि बढे, राप्रपाले सही दिशा लिन्छ,’ राप्रपाका वरीष्ठ नेता सुब्बाले शनिबार भने ।

राजसंस्था र हिन्दुराज्यको विषयमा द्विविधि र मनमुटाव नराखी अगाडि बढ्न सबै नेता, कार्यकर्तालाई आह्वान गर्दै प्रमुख अथिति सुब्बाले भने, ‘जनता बलियो भए दरवार बलियो हुन्छ । यस मानेमा हामी सबैको नैतिक जिम्मेवारी छ ।’उनले भने, ‘सत्यको विजय अवश्य हुन्छ, राजसंस्था र हिन्दुराज्यको एजेण्डा जनतामाझ स्थापित हुन्छ ।’

राप्रपाको कोशी गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री सुब्बाले विभिन्न धर्महरुको एकतामा हिन्दुराज्य अड्नु पर्ने बताए ।सो अवसरमा श्यामनारायण मेहताको अध्यक्षतामा ३१ सदस्य गाउँपालिका कार्यसमिति गठन भयो ।

सुनसरी जिल्ला, क्षेत्र नं ४ अन्तरगतको कोशी गाउँपालिकाको अधिवेशनमा राप्रपाका केन्द्रीय सदस्यहरु हसबुल मिया, ईनु अधिकार र डम्बर कुमार घिमिरे उपस्थित थिए । यसैगरी प्रदेश नं १ का सचिव गणेशप्रसाद दुलाल, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादरु बस्नेत, जिल्ला सदस्य तथा संगठन प्रमुख नदिन थापा, युवा संगठन प्रदेश नं १ संयोजक आकाश सुब्बा लगायतको पनि उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर