लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान — OSNepal

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान

LC (KTM) August 14, 2021 0

काठमाडौं ३० साउन । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजेलागि आह्रान गरेका प्रदेश सभा सचिवालले जनाएको छ । तत्कालिन मुख्य मन्त्री शंकर पोखरेलले असार ३१ गते अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थिए ।

त्यस लगत्तै विपक्षी चार दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका थिए । अधिवेशन अगावै पोखरेलले पदबाट राजीनामा दिएका हुन् ।

अहिले लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर