अगामी चुनावमा माओवादी नम्बर एक शक्तिको रुपमा अगाडी आउँछ ढुक्क भएर पार्टी संगठनमा लाग्नुहोस् : प्रचण्ड — OSNepal

अगामी चुनावमा माओवादी नम्बर एक शक्तिको रुपमा अगाडी आउँछ ढुक्क भएर पार्टी संगठनमा लाग्नुहोस् : प्रचण्ड

LC (KTM) August 14, 2021 0

काठमाडौं ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको चुनाव पछि आफ्नो पार्टी मुख्य शक्तिको रुपमा अगाडी आउने बताएका छन् ।

पार्टीको केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष प्रचण्डले चुनावपछि माओवादी पहिलो शक्ति बन्ने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई ढुक्का साथ पार्टी संगठनमा लाग्न निर्देशन दिएका छन् ।

मुलुकमा गणतन्त्र, धर्मनीरपेक्ष र संघीयता माओवादी कै कारण आएको दावी गरेका प्रचण्डले अहिले पनि माओवादी कै एजेण्डा चलिरहेको बताएका हुन् ।

अगामी चुनावमा समाजवादी धारका शक्तिहरुलाई एक गराएर अगाडी लान खोजेका प्रचण्डले बैँठकमा अगमी चुनावमा नम्बर एक भएर अगाडी आउने दावी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर