काठमाडौँ ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काबिच भेटवार्ता भएको छ । भेट आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
भेटको क्रममा देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउँनुको साथै क्रिकेटमा ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद समेत दिएका छन् । प्रधानमन्त्री देउवाले ट्वीटर मार्फत दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका हुन् ।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ, भेटको क्रममा देउवाले पारसलाई भने ।
देउवाले लेखेका छन्, दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।