पार्टीको केन्द्रीय समिति बैठक अगावै पौडेल पक्षका नेताहरु छलफलमा जुटे — OSNepal

पार्टीको केन्द्रीय समिति बैठक अगावै पौडेल पक्षका नेताहरु छलफलमा जुटे

LC (KTM) August 14, 2021 0

काठमाडौँ ३० साउन । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक चलिरहेको छ ।

बैठक नेता डा. शशांक कोइरालाको निवास महाराजगमा बसिरहेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरुको सहभागी रहेको छ ।

अहिले केही बेर पछी बस्ने पार्टीको केन्द्रीय समिति बैठक अगावै पौडेल पक्षका नेताहरु छलफलमा जुटेका हुन् । भदौमा महाधिवेशन नहुने भएपनि नयाँ कार्यतालिका ल्याउने विषयमा विवाद भइरहेको छ ।

सत्ता पक्षले मंसिरमा गर्ने भन्दै आएको छ भने इतर पक्ष भदौ २३ बाट महाधिवेशनको प्रक्रिया सुरु गरेर दशैँ अगावै महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर