राष्टिय सम्मेलन आगामी पौष ११ देखि १५ गतेसम्म गर्ने माओवादी केन्द्रको प्रस्ताव — OSNepal

राष्टिय सम्मेलन आगामी पौष ११ देखि १५ गतेसम्म गर्ने माओवादी केन्द्रको प्रस्ताव

LC (KTM) August 14, 2021 0

काठमाडौँ ३० साउन । पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष प्रचण्डले आगामी पौस ११ देखि १५ गतेसम्म पार्टीको राष्टिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठिनक बैठकमा प्रस्ताप पेश गर्दै पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्तावको मिति घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले चार महिने कार्ययोजना प्रस्त्त् गर्दै भाद्र मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सवै टोल टोलमा सेल कमिटि गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउपािलका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना समेत बैठकमा प्रस्तुत् गरेका छन् ।

प्रचण्डले बैठकमा अगामी कात्तिक ३० गते जिल्ला , मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पौष ११ देखि १५ सम्म राष्टिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर