काठमाडौं ३० साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको हो ।
आजको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अघिको बैठकले पारित गरेको सांगठनिक र राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
सो प्रतिवेदनका साथै आजको बैठकमा पार्टीको सांगठनिक संचरना र राष्ट्रिय सम्मेलनको विषयमा समेत छलफल हुने र यस विषयमा निणर्य समेत हुने जनाइएको छ ।