प्रचण्डको अवसरवाद र महत्वकांक्षाले गर्दा देशमा अस्थिरता सिर्जना भयो : पोखरेल — OSNepal

प्रचण्डको अवसरवाद र महत्वकांक्षाले गर्दा देशमा अस्थिरता सिर्जना भयो : पोखरेल

LC (KTM) August 14, 2021 0

काठमाडौँ ३० साउन । नेकपा एमालेका लुम्बिनी प्रदेशका नेता शंकर पोखरेलले माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गरेको आरोप लगाएका छन् ।

नेता पोखरेलले अजा शनिबार दाङमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो आराप लगाएका हुन् । अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछाडेको बताएका नेता पोखरलले काय्रकमा भने, ‘पार्टी एकता गर्‍यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नु भएको रैन्छ जसको कारण आज यो परिणाम देखा पर्यो ।’

देशमा अस्थिरता सिर्जना हुनु प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजन भएको पोखरेलले दावी गरेका छन् । दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर