एमाले नेता गिरीले प्रकाशित गरेको प्रेस विज्ञप्तीप्रति प्रदेश प्रमुख सचिवालयको गम्भिर ध्यानाकषर्ण — OSNepal

एमाले नेता गिरीले प्रकाशित गरेको प्रेस विज्ञप्तीप्रति प्रदेश प्रमुख सचिवालयको गम्भिर ध्यानाकषर्ण

LC (KTM) August 14, 2021 0

काठमाडौं ३० साउन । लुम्बिनी प्रदेशका नेकपा एमालेका लीला गिरीले प्रकाशित गरेको प्रेस विज्ञप्ती प्रति प्रदेश प्रमुख सचिवालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

हिजो शुक्रबार प्रदेश सचिवालयका नारायण प्रसाद आचार्यले एक वक्तव्य नै निकालेर गिरीको विज्ञप्ती प्रति आपत्ती जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, ‘माननीय अजय शाही स्वतन्त्र संसद भएको र माननीय विमला वली सर्वोेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट पार्टी रोज्न पाउने परमादेश भएपछि नेकपा एमाले रोजी संसदीय दलको सदस्य भएको प्रदेशसभाबाट सुचीकृत भएको नामावली प्रदेश प्रमुखको कार्यालयमा प्राप्त हुने आएको व्याहोरा अवगत गराउन चाहान्छु’ ।

पार्टी परिर्वतन गर्ने या नगर्ने भन्ने राजनैतिक र व्यक्तिहरुको सरोकारको विषयसँग प्रदेश प्रमुखलाई आरोपित गर्नु पुर्वाग्रहको तुच्छ मनोवृति र अति निन्दनीय कार्य भएको भनि जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख कुनै राजनीतिक दलको सदस्य नभएर नितान्त संवैधानिक जिम्मेवारी भएको व्यक्ति भएको पनि बताइएको छ ।

यस्तो छ प्रदेश सचिवालयले जारी गरेको वक्तव्य ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर