द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा — OSNepal

द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा

Kesh Karki (USA) August 14, 2021 0

द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्करूपमा प्रयोगमा ल्याइएको छ । चालु आर्थिक वर्षको २०७८÷७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम यही साउनबाटै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस र एम्बुलेन्समा भाडा नलिने भएको हो ।

विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले तीन नगर बस सञ्चालन गरिरहेको छ भने दुई एम्बुलेन्स चलाउँदै आएको छ  । सेवामा सहजता ल्याउन थप दुई नगर बस खरिदको तयारी गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो  । उहाँका अनुसार गर्भवती र सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार र शहीद परिवारका सदस्यले यो सेवा निःशुल्क पाउने छन्  । यसैगरी पूर्ण अशक्त, अति अशक्त भएका व्यक्ति र अतिविपन्न परिचयपत्र प्राप्त गरेकालाई पनि निःशुल्क सेवा दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर