कांग्रेसको आज तेस्रो दिन बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका आउने सम्भावना — OSNepal

कांग्रेसको आज तेस्रो दिन बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका आउने सम्भावना

LC (KTM) August 14, 2021 0

काठमाडौं ३० साउन । सत्तारुढ दल नेपाली कांग्रेसको आज तेस्रो दिन पनि केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदनमाथिको छलफलले नै निरन्तरता पाउने बताइएको छ ।

भदौमा हुने १४ औं महाधिवेशन नहुने भएपछि महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न बिहिबार देखि बसेकोम बैठकमा आ आफ्नो राय राखिरहेका छन् । सस्थापन पक्षले भने आउँदो मंसिर मा महाधिवेशन गर्ने भन्दै आएपनि इतर प्क्षले भने भदौ २३ बाट महाधिवेशनको प्रक्रिाया आरम्ध गरेर दशैँ भन्दा अगाडी नै सम्पन्न गर्न निर्देशन दिएको छ । आ

ज बस्ने बैठकमा पनि सबैको राय सुनेर नयाँ कार्यतालिका ल्याउने महामन्त्री पूर्णबहादुर खड्काले जनाएका छन् । सम्भवत आजको बैठकमा नै नयाँ कार्यतालिका आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर