नयाँ सिजनको पहिलो खेलमा नै आर्सनललाई कडा धक्का, ब्रेन्टफोर्डसँग लज्जास्पद हार बेहोर्न बाध्य — OSNepal

नयाँ सिजनको पहिलो खेलमा नै आर्सनललाई कडा धक्का, ब्रेन्टफोर्डसँग लज्जास्पद हार बेहोर्न बाध्य

LC (KTM) August 14, 2021 0

काठमाडौं । आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २-० ले पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा नै आर्सनललाई कडा धक्का लागेको हो ।

गएराती सम्पन्न खेलमा ब्रेन्टफोर्डलाई जित दिलाउन घरेलु मैदानमा नै चम्किउका सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे ।

खेलको २२ औं मिनेटमा सेर्गीले पहिलो गोल गरे भने खेलको ७३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाउन सफल भएका हुन् ।
७४ वर्ष पछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा शानदार खेल खेलेर ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर