बिरामी पतिको उपचारका लागि पत्नि पैसा खोज्न जाँदा पतिले गरे शंका — OSNepal

बिरामी पतिको उपचारका लागि पत्नि पैसा खोज्न जाँदा पतिले गरे शंका

LC (KTM) August 14, 2021 0

एक जना युवकको श्रीमती केही दिन देखि हराएकी थिइन् । श्रीमान वैशाखी टेकेको देखिन्छन् । उनलाई एक जना स्थानिय महिलाले तिम्रो श्रीमती त एक जना पुरुषसंग होटलमा नास्ता खाएर बसेको मैले देखेकी छु भनेर सुनाइदिन्छिन् । उनी एक जना पुरुष साथीलाई लिएर वैशाखी टेक्दै होटलमा पुग्छन् । नभन्दै उनको श्रीमती अर्कै पुरुषसंग होटलमा नास्ता खाँदै गरेको भेटिन्छिन् ।

यो भिडियो हेर्दा स्क्रिप्टेड जस्तो देखिन्छ । भिडियोको इन्ट्रोपछि एउटा सूचना राखिएको छ । यो कसैको जिवनसंग मेल खाएको घटना हो भनेर । यसवाट यो भिडियोमा देखिएका पात्रहरु काल्पनिक हुन् भन्ने बुझ्न सकिन्छ । तर भिडियोमा देखिएका कतिपय कुराहरु हाम्रो समाजमा भइरहेका घटनासंग मिल्दो जुल्दो छ ।

समाजमा अहिले विवाहेत्तर सम्बन्ध मौलाएको देखिन्छ । कपिलबस्तुमा यस्तै विवाहेत्तर सम्बन्धका कारण एक माओवादी नेताको मृत्यु नै भएको छ । उनको श्रीमतीको ५ वर्ष देखि अन्य पुरुषसंग सम्बन्ध रहेको अनुसन्धानवाट खुलेको छ । कतिपय पुरुषहरु विवाहेत्तर सम्बन्ध बनाएका घटना समाजमा देखिएका छन् । जसका कारणले घरमा रहेकी श्रीमती र उनका छोराछोरीको बिचल्ली भएको छ ।

यो भिडियोको उद्देश्य पनि विवाहेत्तर सम्बन्धले एउटा मात्र होइन दुई परिवारको भविष्य र शान्ती भत्कन्छ भन्ने देखाउन खोजेको बुझिन्छ । तर भिडियो हेरेर धेरैले यो वास्तविक घटना भन्दै प्रतिकृया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर