नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा,भारतमा ह्वात्तै घट्दा नेपालमा भने बढ्यो — OSNepal

नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा,भारतमा ह्वात्तै घट्दा नेपालमा भने बढ्यो

LC (KTM) August 14, 2021 0

सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।

कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।
चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १।३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १।३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १।४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४।९ प्रतिशत रहेको थियो ।

चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ । नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १।३ र सङ्क्रमणको दर घटेर १।२ पुगेको छ । नेपालमा भने मृत्युदर १।४ नै रहे पनि सङ्क्रमणको दर बढेर ५।२ प्रतिशत पुगिसकेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४।६ र सक्रिय सङ्क्रमणको दर २७।४, बङ्गलदेशको मृत्युदर १।७ र सक्रिय सङ्क्रमण दर ११।१, भुटान मृत्युदर ०।१ र सक्रिय सङ्क्रमण दर ४।७, माल्दिभ्समा मृत्युदर शून्य र सक्रिय सङ्क्रमणको दर ९०।३, पाकिस्तानमा मृत्युदर २।२ र सक्रिय सङ्क्रमणको दर ७।५ तथा श्रीलङ्कामा मृत्युदर १।५ र सक्रिय सङ्क्रमणको दर ९।६ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर