बुटवल – क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई लुम्बिनी प्रदेश सरकारले २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको नयाँ गठित मन्त्रिपरिषद् पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले बैठकले प्रदेश नं। ५ प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ भने खोपलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने तथा कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने निर्णय पनि आज बसेको बैठकले गरेको छ ।