नागपञ्चमी मनाउँदा काठमाडौँमा देखिए यस्ता दृश्य — OSNepal

नागपञ्चमी मनाउँदा काठमाडौँमा देखिए यस्ता दृश्य

LC (KTM) August 13, 2021 0

नागको प्रतिमामा दूध चढाइँदै :  काठमाडौँको नागपोखरीमा अवस्थित नागको प्रतिमामा दूध चढाइँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस


पण्डितबाट टीका ग्रहण : काठमाडौँको नागपोखरी परिसरको सडक किनारमा पण्डितसँग टीका लगाउँदै भक्तजन । कोरोना भाइरस दिन प्रतिदिन बढ्दै गएको कारण नागपोखरी प्रवेशमा रोक लगाइएको हो । तस्बिर ः प्रदीपराज वन्त÷रासस


काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मानेश्वरी बसपार्क छेउको नमोबुद्ध रोड नजिकै पुलमा नागको तस्बिर बेच्न बसेका बालबालिका । आजको दिन नागको चित्रमा दूध,अक्षता,फूल, दूबो राखी गाईको गोबरले घरको ढोकामाथि टाँसेमा चट्याङ नपर्ने, आगो र सर्पको डर नहुने धार्मिक विश्वास रहेको छ । नागपञ्चमीका दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको पनि मान्ने गरिन्छ । तस्बिरः पेमा लामा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर