दीपक-दीपाश्रीसँगै ‘छक्का पञ्जा’ टिमले काठमाडौँमा ९ करोड लगानीमा सिनेमा हल खोल्दै, मुन्द्रे आउट ! — OSNepal

दीपक-दीपाश्रीसँगै ‘छक्का पञ्जा’ टिमले काठमाडौँमा ९ करोड लगानीमा सिनेमा हल खोल्दै, मुन्द्रे आउट !

LC (KTM) August 13, 2021 0

कलाकार निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौला निकै मिल्ने साथी हुन् । यि दुईले निर्माण निर्देशन गर्दै आएका फिल्म र टेलीचलचित्रहरुको सँधै चर्चा हुने गरेको छ । यर्सबिच यि दुईले काठमाडौँमा ९ करोड लगानीमा सिनेमा हल खोल्ने तयारी गरेका छन् ।

दीपक र दीपाले राजधानीको नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा करीब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । केही महिनादेखि सिनेमा हल निर्माणको काम भइरहेको दीपाले जानकारी दिइन् ।

दुईवटा स्क्रिन रहने हलमा चार सय दर्शकले एकसाथ फिल्म हेर्न सक्नेछन् । जसको निर्माणको काम आउँदो चैतसम्म सकिनेछ । यो सिनेमा हलमा दीपक(दीपाश्रीसँगै ‘छक्का पञ्जा’ समुहमा आबद्ध रहेका व्यक्तिहरुको लगानी रहनेछ भने त्यो समुहमा मुन्द्रेलाई हटाइएको छ । मुन्द्रे र दीपाको केही समय अघि सम्बन्ध बिग्रिएका कारण उनलाई आफ्नो टिममा दीपक दीपाले नअटाएको बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर