पीएसजीमा अनुबन्ध भएपछि पहिलो पटक टिमको प्रशिक्षणमा जोडिए मेस्सी — OSNepal

पीएसजीमा अनुबन्ध भएपछि पहिलो पटक टिमको प्रशिक्षणमा जोडिए मेस्सी

LC (KTM) August 13, 2021 0

काठमाडौं-लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० टिमको प्रशिक्षणमा सामेल भएका छन् ।एसजीमा अनुबन्ध भएपछि मेस्सी पहिलो पटक टिमको प्रशिक्षणमा सामेल भएका हुन् ।अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने पक्का भएको छ । मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।

मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर