दाउरा खोज्न निस्किएकी टेकरानी राप्तीको उर्लदो भेल संगै बेपत्ता , अन्नतः टापुमा अड्किएको अवस्थामा सकुशलै उद्धार — OSNepal

दाउरा खोज्न निस्किएकी टेकरानी राप्तीको उर्लदो भेल संगै बेपत्ता , अन्नतः टापुमा अड्किएको अवस्थामा सकुशलै उद्धार

LC (KTM) August 12, 2021 0

कहिले काँही भाग्यको पनि भर पर्नु पर्छ भन्ने चरितार्थ सार्थक भएको छ दाङकी एक महिलाको जिवनमा । उनी भाग्यले बाँचेकी छिन् । दाउरा लिन भनेर गढवा गाउँपालिका ३ की ४० वर्षीया टेकरानी चौधरी घर बाट निस्किन ।

उनी दाउराको जोहो गर्न त घर बाट निस्कीन तर राप्ती नदीले उनलाई घर फर्कने मौकै दिएन । राप्ती नदीको उर्लिएर आएको भेल संगै टेकरानी पनि बगिन् । उनलाई लागेको थियो कि अब बाँच्दिन भन्ने तर भाग्यबस उनी सकुशल घर फर्किएकी छिन् ।

बाढीले बगाएर बेपत्ता बनाएको उनको बिहीबार सकुशल उद्धार गरिएको छ । दाउरासँगै बगेर टेकरानी ४ किलोमिटर टाढा लमही नगरपालिका ४ बुटकौवा टापुमा पुगेर अडिएकी थिएन ।

चौधरीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डुंगामार्फत उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । टेकरानीको अहिले लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर