फिफा बरियतामा नेपाल द्धारा तीन स्थानको सुधार , दक्षिण एशियामा बरियताक्रममा तेस्रो बन्न सफल — OSNepal

फिफा बरियतामा नेपाल द्धारा तीन स्थानको सुधार , दक्षिण एशियामा बरियताक्रममा तेस्रो बन्न सफल

LC (KTM) August 12, 2021 0

नेपालको फुटबलले राम्रै छलाङ मारेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एकै पटक तीन स्थान सुधार गरेको हो ।

त्यति मात्र हैन नेपाल दक्षिण एसियाली राष्ट्रको बरियताक्रममा तेस्रो स्थानमा पुगेको छ । नेपाल भन्दा अगाडि फिफा बरियतामा दक्षिण एसिया बाट भारतको पहिलो स्थानमा रहेको छ भने माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा उक्लिएको हो ।

यसभन्दा अघि नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो । भारत १ सय ५ औं स्थानमा रहदा माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।

बंगलादेश १८८ औं, भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा इटाली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर