लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले लिए शपथ — OSNepal

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले लिए शपथ

LC (KTM) August 12, 2021 0

बुटवल २८ साउन । नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका साथै आजै नियुक्त भएका सात मन्त्रीहरुले पनि सपथ लिएका छन् ।

आज बिहिबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई शपथ गराए भने मुख्यमन्त्री केसीले प्रदेशमा सात मन्त्रीलाई शपथ गराएका हुन् । ४२ सांसदहरुको हस्ताक्षर समित मुख्यमन्त्री बनेका केसीले आजै सानोका आकारको मन्त्रपरिषद् विस्तार गरी नवनियुक्त मन्त्रीहरुलाई पनि आजै शपथ गराएका हुन् ।

मन्त्री हुनेमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी शहरी तथा ग्रामीण विकास मन्त्री, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्काआर्थिक मामिला तथा योजना मन्त्री , जनता समाजवादी पार्टीबाट सहसराम यादव भौतिक पूर्वाधार मन्त्री , पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री भएका छन् । तीन जनाको भने मन्त्रालय तोकिएकोअ छैन । विना मन्त्रलाय उनीहरुले शपथ लिएका छन् ।

नेकपा एमालेका शंकर पोखरेलले हिजो बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठन गर्नको लागि गठवन्धनलाई २२ घण्टाको सयम दिएर दावी पेश गर्न आह्रान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर