पेस्तोल र सोही पेस्तोलको ३ राउण्ड गोलीसहित तिन जना पक्राउ — OSNepal

पेस्तोल र सोही पेस्तोलको ३ राउण्ड गोलीसहित तिन जना पक्राउ

LC (KTM) August 12, 2021 0

कपिलवस्तु २८ साउन । १ थान नलकटुवा पेस्तोल सहित प्रहरी चौकी कुशुहवाबढनीबाट खटिएको प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय लक्ष्मण यादव, २८ वर्षीय बिश्वम्वर यादव र ४१ वर्षीय सम्साद अहमद खाँ रहेका छन् ।

चेक जाँच गर्ने क्रममा महाराजगंज नगरपालिका ९ औरहवाबाट १ थान घरेलु नलकटुवा पेस्तोल र सोही पेस्तोलको ३ राउण्ड गोली सहित निजहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु माथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर