जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिन्छौ रकम अशुली फरार त्रिपाठी सराङ्कोटबाट पक्राउ — OSNepal

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिन्छौ रकम अशुली फरार त्रिपाठी सराङ्कोटबाट पक्राउ

LC (KTM) August 12, 2021 0

कास्की २८ साउन । अभियुक्तलाई छुटाइदिन्छु भन्दे रकम अशुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ सराङ्कोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठी रहेका छन् । निजलाई जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिन्छौ भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

फरार रहेका उनलाई प्रहरीले पोखरा महानगरपालिका-१८ सराङ्कोटबाट बुधबार पक्राउ गरेको हो ।
निजमाथि २०७७ फागुन १९ गते जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसंग सेटिङ छ १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ बर्ष जेल जान्छ’ भनी झूठ्ठो आश्वासन तथा बिश्वास दिलाई पीडकबाट १२ लाख रुपैयाँको चेक र नगद १ लाख १० हजार रुपैयाँ लिई ठगी गरेको अभियोग लागेको थियो ।

यसअघि सोही घटनामा संलग्न रहेका सुर्यलाल खड्का र कमन भन्ने कमान बहादुर तामाङलाई पोखरा महानगरपालिका-१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका निजलाई थप कारवाहीको लागि जिल्ला अदालत कास्कीमा बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर