काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८०६ जनाको पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । जसमा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८११ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १९२ जना कोरोना संक्रमित थपिएका हुन् । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९४ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना निको हुने दर ९३।३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।