लुम्बिनी प्रदेशमा सात सदस्यीय मन्त्रीपरिषद विस्तार — OSNepal

लुम्बिनी प्रदेशमा सात सदस्यीय मन्त्रीपरिषद विस्तार

LC (KTM) August 12, 2021 0

बुटवल २८ साउन । नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका गर्दैछन् ।

आज बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त भएका केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेसबाट डिल्लीबहादुर चौधरीलाई शहरी तथा ग्रामीण विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का मन्त्री हुने पक्का भएको छ ।

त्यस्तै गरी , जसपाबाट सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् भने, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बन्ने भएका छन् ।

त्यस्तै, स्वतन्त्र राजनीतिक समूहका अजय शाही पनि मन्त्री बन्ने जनाइएको छ । मुख्यमन्त्री र मन्त्रीहरुले आज नै शपथ लिने कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर