ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त रामेछाप खाँडादेबीका खत्री ललितपुरबाट पक्राउ — OSNepal

ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त रामेछाप खाँडादेबीका खत्री ललितपुरबाट पक्राउ

LC (KTM) August 12, 2021 0

काठमाडौं २८ साउन । ज्यान मार्ने कसुरमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका९७ चाँङ्गाथली बस्ने रामेछाप खाँडादेबी गाउँपालिका९६ खत्री गाउँ घर भएका ४६ वर्षीय शिवजी खत्री भन्ने ग बहादुर खत्री रहेका छन् ।

निजलाई बुधबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर चाँङ्लाथलीबाट पक्राउ गरेको हो । निजमाथि २०६२ पुस ६ गते साँझ काठमाडौं महानगरपालिका १४ कलंकी, लामपाटी बस्ने भगवती लामा (अधिकारी) आफ्नै कोठामा आगोले जलेर घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न रहेको अभियोग लागेको थियो ।

पक्राउ परेका निजलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर