अविबाहिक गीता कपुरको सिउदोमा सिन्दुर देखिएपछि... — OSNepal

अविबाहिक गीता कपुरको सिउदोमा सिन्दुर देखिएपछि…

LC (KTM) May 17, 2021 0

काठमाडौं । बलिउडकी अविवाहित सुन्दरुी सेलिब्रेटी गीता कपुर को सिउँदोमा सिन्दुर भरिएको देखिएपछि फ्यान र चलचित्रकर्मीहरु नै दंग परेका छन् ।

हालसम्म अविबाहित चर्चित कोरियोग्राफर गीताको सिउँदोृमा सिन्दुर भरिएको तस्बिर बाहिर आएसँगै उक्त तस्विर अहिले भाइरल बनिरहेको छ । उनका सिउँदो भरिएका तस्विर भाइरल बनेसँगै फ्यान र सामाजिक संजालका प्रयोगकर्ताले सिन्दुर कसको नामको हो भन्ने प्रश्न गरेका छन् ।

गीता रातो लिपस्टिक र रातै टिका, रिंग र झुम्काको साथै गलामा नेकलेस सहित सामाजिक संजालमा देखा परेपछि उनलाई फ्यानले प्रश्न गरेका हुन् । कतिपयले भने गीताले गोप्य रुपमा विवाह गरेको आँकलन गरेका छन् । डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ को जर्ज का रुपमा ब्यापक लोकप्रियता कमाएकी सुन्दरी गिताको कामको चौतर्फी चर्चा चलीरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर