भारतमा कोरोनाले उग्र रुप लिएका बेला बलिउड अभिनेत्री प्रियंका चोपडा र पति निकले गरे यति मोटो रकम सहयोग, फ्यानले गरे चौचर्फि तारिफ — OSNepal

भारतमा कोरोनाले उग्र रुप लिएका बेला बलिउड अभिनेत्री प्रियंका चोपडा र पति निकले गरे यति मोटो रकम सहयोग, फ्यानले गरे चौचर्फि तारिफ

LC (KTM) May 17, 2021 0

एजेन्सी भारतमा कोरोनाले तबाही मच्चाईरहेका बेला बलिउडकर्मीहरुले आ–आफ्नो तर्फबाट सहयोग दिने क्रम जारी राखेका छन् । चर्चित बलिउडकर्मी सलमान खान, अजय देवगान , सोनू सुद लगायतले सहयोग जुटाईरहेका बेला लण्डनमा बसिरहेकी प्रियंका चोपडा र उनका श्रीमान निकले २।९४ करोड रुपैया संकलन गरेका छन् ।

उनीहरुले सबैसंग सहयोगका लागि अपिल गरेका थिए । प्रियंका चोपडा जोनस फाउण्डेसन मार्फत उनीहरुले यति रकम सहयोगमा जुटाएका हुन् । ७ हजार ३ सय ९६ जनाले सो रकम संकलनका लागि आर्थिक सहायता प्रदान गरेको बताइएको छ । निक र प्रियंकाको यस कार्यप्रति अर्कि नायिका कैटरिना कैफले प्रशंसा गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर