वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा — OSNepal

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

LC (KTM) August 12, 2021 0

काठमाडौँ २८ साउन । स्वास्थ्य उपकरण खरिद तथा अन्य विषयमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको छ ।

काठमाडौं टंगालस्थित कार्यालय र क्षेत्रीय कार्यालयमा पटकपटक उजुरी परेकाले अनुसन्धानका लागि आज अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली प्रष्तिठान पुगेको बताइएको छ ।

टोलीले स्थलगत अध्ययन गरी मुचुल्का बनाएर अनुशन्धान गर्नको लागि चाहिने कागजपत्र समेत लिएर आउने अख्तियारले जनाएको छ ।

अख्तियारले केहि समय अगाडी सरकारले गरेको छानविन प्रतिवेदनमाथि पनि अनुशन्धान गर्ने भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर