नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या बढेर ७५ लाख पुग्यो : राज्यमन्त्री श्रेष्ठ — OSNepal

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या बढेर ७५ लाख पुग्यो : राज्यमन्त्री श्रेष्ठ

LC (KTM) August 12, 2021 0

काठमाडौँ २८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारले १८ महिनामा ९७ लाख खोप ल्याएर ४२ लाखलाई मात्र दोप लगाएको बताएका छन् ।

आज बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले नेपालमा ५ करोड ५० लाख खोप आवश्यक पर्ने बताउँदै यस्तो बताएका हुन् ।

नयाँ सरकार आएपछि खोप लगाउने संख्या बढेर ७५ लाख पुगेको बताएका छन् । असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ बताएका श्रेष्ठले भने, ‘अहिले दिनमा डेढ देखि २ लाख जनालाई दिनकै खोप पाएका छन्’ ।

किशोर र किशोरीलाई लक्षित फाइजर र मोर्डनाको खोप ल्याउँने तयारी समेत भएको उनले बताएका छन् । दैनिक कुल परीक्षणको २५ प्रतिशतमा संक्रमण देखिएको हुदाँ जनस्वास्थ्यको मापदण्ड पालना गर्न समे श्रेष्ठले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर