यो सरकारले अफगानिस्तानमा अलपत्र नेपालीलाई ल्याउन सकेन भने यो सरकार नालायक हो : अधिकारी — OSNepal

यो सरकारले अफगानिस्तानमा अलपत्र नेपालीलाई ल्याउन सकेन भने यो सरकार नालायक हो : अधिकारी

LC (KTM) August 12, 2021 0

काठमाडौं २८ साउन । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै अधिकारीले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

बैठकमा बोल्दै अधिकारीले सरकारले यदि तत्काल उद्धार गर्न नसके संसद चल्न नदिने चेतावनी समेत दिएका छन् ।

यदि यो सकारले अफगानिस्तानमा अलपत्र नेपालीलाई ल्याउन सकेन भने यो सरकार नालायक हो भन्दै एमाले अधिकारीले भने , ‘अलपत्रलाई उद्धार नगरे संसदमा सरकारले काम गर्न सक्ने छैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर