प्रवेशपत्रको आधारमा उपत्यकाका यी पाँच स्थानबाट लगाउन सुरु गरियो विद्यार्थीलाई कोरोना विरुद्धको खोप — OSNepal

प्रवेशपत्रको आधारमा उपत्यकाका यी पाँच स्थानबाट लगाउन सुरु गरियो विद्यार्थीलाई कोरोना विरुद्धको खोप

LC (KTM) August 12, 2021 0

काठमाडौँ २८ साउन । अब विद्यार्थीले पनि प्रवेश पत्रको आधारमा कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप दिन सुरु गरेको हो ।

आज बिहिबारबाट सुरु भएको खोप उपत्यकाका पाँच वटा खोप केन्द्रबाट सञ्चालनमा आएको छ भने साउन ३० गते सम्म प्रवेशपत्र हेरेर खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

पाँच खोप केन्द्रमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, छाउनीस्थित नेपाली सेनाको अस्पताल, महाराजगन्जस्थित नेपाल प्रहरीको अस्पताल, मीनभवनस्थित निजामती अस्पताल र सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर रहेको छ ।

हिजो बुधबार बसेको सचिव स्तरीय बैठकले त्रिविले सञ्चालन गर्ने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर