पीएसजीमा मेस्सीले १ वर्षमा कति कमाउँछन् ? मेस्सीको यस्तो छ आश्चर्यजनक कमाई — OSNepal

पीएसजीमा मेस्सीले १ वर्षमा कति कमाउँछन् ? मेस्सीको यस्तो छ आश्चर्यजनक कमाई

LC (KTM) August 12, 2021 0

काठमाडौं। पछिल्लो केही दिनदेखि लियोनल मेस्सीको सर्वत्र चर्चा छ । हालै बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनमा गएका मेस्सी ६ पल्ट बालोन डी’ओरको उपाधि जितेका छन् । यो क्रिस्टियानो रोनाल्डोको भन्दा एक बढी हो । बार्सिलोनाका लागि ४१ ह्याट्रिक गरेका मेस्सीले कुल ७ सय ७८ खेल खेले । यो पनि कीर्तिमान हो ।

बार्सिलोनाका लागि मेस्सीले ६ पल्ट चार गोल गरेका मेस्सीले बार्सिलोनाको मुख्य प्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध २६ गोल गरेका छन् । बार्सिलोनामा रहँदा मेस्सीले अन्तिम पटक एक वर्षका लागि बुझेको तलब हो, सात करोड ४९ लाख युरो । पीएसजीमा उनले वर्षको ४० करोड युरो कमाउने एएफपीले उल्लेख गरेको छ ।

पीएसजीका अध्यक्ष नासिर अल खालिफाले मेस्सी, नेइमार र लियोनल मेस्सीजस्ता खेलाडीले पीएसजी नयाँ सिजन आक्रमक हुने दाबी गरेका छन् । यसैबिच विश्व फुटबलका उत्कृष्ट फरवार्ड लियोनल मेस्सीलाई पीएसजीमा अनुबन्ध गर्न सफल भएका खालिफाले नयाँ सिजन एम्बाप्पे क्लबमै रहने बताएका छन् ।

एम्बाप्पेले क्लब छाड्ने चर्चा चलेका बेला पीएसजीका अध्यक्ष नासिर अल खालिफाले एम्बाप्पे पीएसजीका निकै प्रतिस्पर्धात्मक खेलाडी भएको भन्दै उनको चर्चा गरे । एम्बाप्पेले सार्वजनीक रुपमा पीएसजीमा बस्न चाहेको बताएका छन् । अन्य कुनै कसरतको अर्थ छैन । एम्बाप्पे यहीँ बस्नेछन् ।’ उनले भने ।

मेस्सीको पहिलो पत्रकार सम्मेलनमा उपस्थित भएका खालिफाले एम्बाप्पेको अवस्थाको विषयमा जानकारी दिएका हुन् । यसैबिच मेस्सीले नेयमार र एम्बाप्पेसंग आफु खेल्न उत्सुक रहेको उल्लेख गरेका छन् । मेस्सीले दुवै खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा ब्याख्या गरे । मेस्सीले साप्ताहिक १ मिलियन पाउण्ड तलब सहित पीएसजीमा आवद्ध भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर