५० लाख रूपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका भुसाल लुकिछिपी बसेको अवस्थामा पक्राउ — OSNepal

५० लाख रूपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका भुसाल लुकिछिपी बसेको अवस्थामा पक्राउ

LC (KTM) August 12, 2021 0

काठमाडौं २८ साउन । बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमाचन्द्रगिरीबाट ३५ वर्षिय कासीराम भुसाल रहेका छन् ।

बैंकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ १० गतेको फैसलाले उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रूपैयाँ जरिवाना ठहर गरेपछि विगत छ महिना देखि फरार भुसाललाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भुसाललाई लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर