स्पेनिस स्ट्राइकर कोस्टा ब्राजिलियन क्लब जाने — OSNepal

स्पेनिस स्ट्राइकर कोस्टा ब्राजिलियन क्लब जाने

LC (KTM) August 12, 2021 0

काठमाडौं-डिएगो कोस्टा ब्राजिलियन क्लब एट्लेटिको मिनिरोमा जाने भएका छन् ।स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले ब्राजिलियन क्लबसँग मौखिक सहमति गरेको बताइएको छ ।

ब्राजिलियन क्लब मिनिरोसँग कोस्टाले एक वर्षको सम्झौता गर्ने जनाईएको छ । ३२ वर्षीय कोस्टा सन् २०१८ मा चेल्सीबाट एट्लेटिको आएका थिए ।गत डिसेम्बरबाट एट्लेटिकोका लागि उनले खेलेका छैनन् ।

उनले एट्लेटिकोबाट ६१ ला लिगामा १२ गोल गरेका छन् ।कोस्टाले ब्राजिलियन क्लबबाट पहिलो पटक खेल्न लागेका हुन् ।तर, सन् २०१३ मा स्पेनको नागरिकता पाएपछि कोस्टाले स्पेनबाट खेल्दै आएका छन् ।स्पेनको लागि उनले २४ खेलमा १० गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर