सबै युरोपियन उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी बने जोर्गिन्हो — OSNepal

सबै युरोपियन उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी बने जोर्गिन्हो

LC (KTM) August 12, 2021 0

काठमाडौं ।जोर्गिन्हो मुख्य युरोपियन प्रतियोगिताको सबै उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी बन्न सफल भएका छन् । इटालियन मिडफिल्डर जोर्गिन्होयूईएफए सुपर कपको उपाधि जितेसँगै सबै युरोपियन उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी बन्न सफल भएका हुन् ।

जोर्गिन्हो र इमर्सन पाल्मेरी एकै वर्षमा युरोकप, च्याम्पियन्स लिग र सुपर कप जित्ने पहिलो खेलाडी बनेका छन् । जोर्गिन्होलाई यस पटक बालोन डीुओर उपाधिको दाबेदार मानिएको छ ।

बुधबार राति भएको फाइनलमा स्पेनिस क्लब भिलारियललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सीले सुपर कपको उपाधि जितेको थियो ।यस अघि जोर्गिन्होले चेल्सीका लागि युरोपा लिग र च्याम्पियन्स लिग जितेका थिए । युरो(२०२० को उपाधि समेत जोर्गिन्होले इटालीबाट जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर