मोरङको रतुमाई नगरपालिका वडा नम्बर–१०, ईटहराको सातमेडीमा रहेको स्वर्गीय मदन भण्डारीको घर पुग्ने जो कोहि आश्चर्य चकित पर्ने गरेका छन् । त्यो बेला देखीको काठको मनोमोहक घर मात्र हैन,घर भित्र छिर्दा बिभिन्न कम्ता रमाईलो हुँदैन् । इटहराको भौडाहा चोकबाट झण्डै २ किलोमिटर पूर्व गएपछि पुगिने स्वर्गीय मदन भण्डारीको यो घरका आसपासमा आँपका ठूला बोटहरु छन् । वरिपरी रहेका नरिवल, सुपारीका बोटहरुसँगै फूलबारीले सौन्दर्य प्रदान गरेको छ ।
काठै काठले बनाएको घर २ तलाको छ । यो घरको तल्लो तलामा इलामबाट ल्याएर भण्डारी परिवारलाई राखिएको छ भने माथिको तला खाली छ । माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राजनीतिक गतीविधि गर्ने भएकोले माथिल्लो तलालाई खाली नै राखिएको छ । त्यहा मदन भण्डारी लुक्ने थलो पनि छ ।
मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यही ठाउँमा बसेर राजनीति गर्ने, भेला, देश दौडाहा र संगठनको विस्तार गर्ने गर्नुहुन्थ्यो । तर २०४७ सालपछि मदन यता फर्किनुभएन ।२०५० सालसम्म यही ठाउँमा मदन भण्डारीका बुबाआमासहित परिवारका अन्य सदस्य बसे पनि मदन भण्डारीको निधनसँगै परिवारले यो ठाउँ छाड्यो । त्यसपछि यहाँको चहलपहल नै हराउँदै गयो ।
मदन भण्डारीले २०२४ सालमा क्षत विक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै मेची कालीसम्म र्पुयाउने काम यही इटहराको सातमेडीबाट गरेको उहाँलाई नजिकैबाट नियालेकाहरु बताउँछन् ।राष्ट्रपतिको रुपमा रहनुभएकी मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारीले समेत संरक्षणमा खासै चासो नदिएको स्थानीयको गुनासो छ ।