प्रधानमन्त्री देउवाको खुलासा : प्रचण्ड अशन्तुष्ट हुँदा सरकारको न्यूनतम साझा कार्यक्रममा 'एमसीसी' समावेश गरिएन — OSNepal

प्रधानमन्त्री देउवाको खुलासा : प्रचण्ड अशन्तुष्ट हुँदा सरकारको न्यूनतम साझा कार्यक्रममा ‘एमसीसी’ समावेश गरिएन

LC (KTM) August 12, 2021 0

काठमाडौं २८ साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कारण सरकारको न्यूनतम साझा कार्यक्रममा अमेरिकी सहयोग सम्झौता एमसीसी समावेश नगरिएको बताएका छन् ।

आफु निकट पदाधिकारी तथा पूर्व पदाधिकारीको भेलामा नेताहरुले एमसीसीको विषयमा प्रश्न गर्दा देउवा यस्तो खुसाला गरेका हुन् ।

देउवा आफुले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी राखौँ भन्दा अध्यक्ष प्रचण्डबाट अशन्तुष्टि भएपछि नराखिएको स्रोतले जनाएको छ ।

एमसीसीको विषयमा अध्यक्ष केपी ओलीले समेत संसदबाटै देउवालाई अब एमसीसी के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । प्रतिपक्ष दल नेकपा एमालेले यसको प्रश्न गरेका पछि देउवालले यस्तो खुसाला गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर