नेइमार र एम्बाप्पेसँग एउटै टिममा रहेर खेल्न पाउनु मेरो भाग्य हो : मेस्सी — OSNepal

नेइमार र एम्बाप्पेसँग एउटै टिममा रहेर खेल्न पाउनु मेरो भाग्य हो : मेस्सी

LC (KTM) August 12, 2021 0

एजेन्सी । बार्सिलोनाबाट मेस्सी हालै पीएसजी गएसँगै क्लबमा राम्रा खेलाडीहरुको दबदबा रहेको छ ।

पीएसजीका अध्यक्ष नासिर अल खालिफाले मेस्सी, नेइमार र लियोनल मेस्सीजस्ता खेलाडीले पीएसजी नयाँ सिजन आक्रमक हुने दाबी गरेका छन् । यसैबिच विश्व फुटबलका उत्कृष्ट फरवार्ड लियोनल मेस्सीलाई पीएसजीमा अनुबन्ध गर्न सफल भएका खालिफाले नयाँ सिजन एम्बाप्पे क्लबमै रहने बताएका छन् ।

एम्बाप्पेले क्लब छाड्ने चर्चा चलेका बेला पीएसजीका अध्यक्ष नासिर अल खालिफाले एम्बाप्पे पीएसजीका निकै प्रतिस्पर्धात्मक खेलाडी भएको भन्दै उनको चर्चा गरे । एम्बाप्पेले सार्वजनीक रुपमा पीएसजीमा बस्न चाहेको बताएका छन् । अन्य कुनै कसरतको अर्थ छैन । एम्बाप्पे यहीँ बस्नेछन् ।’ उनले भने ।

मेस्सीको पहिलो पत्रकार सम्मेलनमा उपस्थित भएका खालिफाले एम्बाप्पेको अवस्थाको विषयमा जानकारी दिएका हुन् । यसैबिच मेस्सीले नेयमार र एम्बाप्पेसंग आफु खेल्न उत्सुक रहेको उल्लेख गरेका छन् । मेस्सीले दुवै खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा ब्याख्या गरे । मेस्सीले साप्ताहिक १ मिलियन पाउण्ड तलब सहित पीएसजीमा आवद्ध भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर