काठमाडौं ३ जेठ । कोभिड १९ कोरोना भाइरसको दोस्रो लहरको संक्रमणबाट नेपालमा अब मात्र तिन जिल्लामा निषेधाज्ञा लगाउन बाँकी रहेको छ । नियन्त्रण बाहिर गएको संक्रमणलाई थप फैलिन नदिन सरकार अहिले सम्म ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ ।
जसमा मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा भने आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । अब मनाङ, खोटाङ र तेह्रथुम जिल्ला मात्र निषेधाज्ञा गर्न बाँकी रहेको छ । उक्त जिल्लाहरुमा अहिले संक्रमण नभएकाले निषेधाज्ञा नगरिएको जनाइएको छ ।