मनसुनी वायु फेरि संक्रिय भएपछि देशका अधिकांश स्थानमा ‘भारी वर्षा’ को सम्भावना, सतर्क रहन आह्वान — OSNepal

मनसुनी वायु फेरि संक्रिय भएपछि देशका अधिकांश स्थानमा ‘भारी वर्षा’ को सम्भावना, सतर्क रहन आह्वान

LC (KTM) August 12, 2021 0

काठमाडौँ–अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । मनसुनी वायु फेरि संक्रिय भएपछि देशका अधिकांश भू(भागमा वर्षा भएको हो ।

हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको छ । त्यस्तै आज आज दिउँसो कर्णाली बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउसो । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने राती पनि । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर