बिद्युत प्राधिकरणमा कुलमान आए पछि सरकार नै हौसियो , २० युनिट बिद्युत खपत गर्नेलाई निशुल्क देखी लिएर कायापलट ल्याउने भए यस्ता निर्णय — OSNepal

बिद्युत प्राधिकरणमा कुलमान आए पछि सरकार नै हौसियो , २० युनिट बिद्युत खपत गर्नेलाई निशुल्क देखी लिएर कायापलट ल्याउने भए यस्ता निर्णय

LC (KTM) August 11, 2021 0

सरकारले आफु लाई लोकप्रीय बनाउने बाटो रोज्न थालेको छ । पछिल्लो समय नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिंगलाई ल्याउने लोकप्रीय निर्णय गरे संगै अर्काे यस्तै निर्णय गरेको छ । सरकारले अब मासिक २० युनिटसम्म खपत गर्ने विपन्न नागरिकलाई बत्ती निःशुल्क बाल्न दिने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुषालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएकी हुन् । कुलमान आउने बित्तिकै मन्त्रि समेत हौसिएकी छिन् । उनले अब आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नमा जोड दिईन् ।

यसका लागि उनले विद्युत् महसुल दरमा पनि समायोजन गर्ने निर्णय भएको जानकारी दिईन् । विदेशी ग्याँस छोडौँ, स्वदेशी बिजुली जोडौँ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने मन्त्री भुसालले जानकारी दिईन् ।

यतिमात्र हैन सरकारले बिद्युत प्रयोग गरी सिँचाई गर्ने किसानहरुका लागि पनि बिद्युत महशुल सहुलियतमा उपलब्ध गराईने बताईन् । यसै वर्षभित्र ५० ओटा विद्युतीय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभी ड्युडीका गाडीबाहेक ऊर्जा मन्त्रालय मातहतका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने पनि उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर