झापाली फुटबलमा लामो समय सम्म योगदान दिएका पुर्व राष्ट्रिय रेफ्री गुरुङको क्यान्सरका कारण निधन — OSNepal

झापाली फुटबलमा लामो समय सम्म योगदान दिएका पुर्व राष्ट्रिय रेफ्री गुरुङको क्यान्सरका कारण निधन

LC (KTM) August 11, 2021 0

नेपाली खेलकूद प्रेमीहरुका लागी दुःखद खबर आएको छ । नेपाली खेलकूद जगतले एक पूर्व राष्ट्रिय रेफ्री गुमाएको छ । पूर्व राष्ट्रिय रेफ्री तिलक गुरुङको निधन भएको छ । उनको क्यान्सरका कारण निधन भएको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले जानकारी दिएका छन् ।

स्वर्गीय गुरुङले झापाली फुटबललाई केही माथि उकास्ने काम गरेका थिए । उनले लामो समय सम्म झापाली फुटबल विकासमा योगदान दिएका थिए । गुरुङको बुधबार बिहान निधन भएको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

उनको काठमाडौंमा उपचार भईरहेको थियो । लामो समयदेखि क्यान्सर बाट पीडित उनको उपचारकै क्रममा ज्यान गएको हो । गुरुङ झापा जिल्ला फुटबल संघका महासचिव र संस्थापक सदस्य पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर