कलाकार शम्भु थापाको भेन्टिलेटरमा राखेर उपचार हुदै , बाबाको हात समाउदै गरेको फोटो सहित छोरीले गरेको यो पोष्टले सबैलाई रुवायो — OSNepal

कलाकार शम्भु थापाको भेन्टिलेटरमा राखेर उपचार हुदै , बाबाको हात समाउदै गरेको फोटो सहित छोरीले गरेको यो पोष्टले सबैलाई रुवायो

LC (KTM) August 11, 2021 0

कोरोनाले धेरै जनाको ज्यान गईसकेको अवस्था छ । सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण कति बेला हुन्छ भन्ने थाहै हुदैन । कोरोनाले जुनसुकै क्षेत्र, लिंग, बर्ग कसैलाई छोडेको छैन । नेपाली कलाकारहरु पनि यसको चपेटामा परिसकेका छन् ।

केही दिन अघि मात्र टेलिभिजनको पर्दामा चलेका कलाकार शम्भु राज थापा अर्थात हल्का रमाइलोका बखते लाई कोरोना संक्रमण भएको छ । उनी एक साता देखी नै कोरोना संग लडिरहेका छन् । कोरोना संक्रमण पुष्टि भएर पनि घरमै आइशोलेसनमा रहेका उनलाई श्वास प्रश्वासमा समस्या देखिए पछि पाटन अस्पतालमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य अवस्था गंभीर भएकोले उनलाई मंगलबार बाट भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । भेन्टिलेटरमा राखेर उपचार थालिएपछि उनकाले स्वास्थ्यमा केही सुधार देखिएको उनको पारिवारीक स्रोतले जनाएको छ । निमोनिया बिग्रिएकाले फोक्सोमा पुरै संक्रमण भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

बुवाको यस्तो अवस्था प्रति छोरीले एकदमै मार्मिक र भावुक पोष्ट गरेकी छिन् । थापाकी छोरी अंशु थापाले आफ्नौ बुवाको हात समाउँदै गरेको तस्बिर फेसबुकमा शेयर गर्दै लेखेकी छिन् –‘मिल्ने भए बाबा मेरै एक मुठी सास हजुरलाई दिने थिएँ ।’ उनको यो पोष्टले सबैको मन छिया छिया बनाई दिएको छ । थापा संगै उनकी श्रीमती सीमा कार्की थापा तथा छोरालाई पनि संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर