प्रदेश १ मा कोरोनाका कारण १४ जनाको ज्यान गयो , ८८५ जनामा संक्रमण — OSNepal

प्रदेश १ मा कोरोनाका कारण १४ जनाको ज्यान गयो , ८८५ जनामा संक्रमण

LC (KTM) August 11, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९, ते¥हथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, संखुवासभा, खोटाङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ६७, विर्तामोडमा ५०, अर्जुनधारामा १८, भद्रपुरमा १७, बा¥हदशीमा १५, कनकाईमा १४, मेचीनगरमा १३, शिवसताक्षीमा १२, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ६, गौरादहमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१, स्थानीय तह नखुलेका २ जनामा संक्रमण भएको छ ।

मोरङको विराटनगरमा ५५, बेलबारीमा ३६, उर्लाबारी र सुन्दरहरैचामा ११–११, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ३, लेटाङमा २, मिक्लाजुङ, जहदा, ग्रामथान, धनपालथान, केराबारी, रतुवामाई र कटहरीमा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ३३, इटहरीमा ३०, इनरुवामा ५, बराहक्षेत्र, दुहवी र गढीमा १–१ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा १३ र पाख्रिबासमा १ जनामा देखिएको छ ।

इलामको चुलाचुलीमा ३, माईजोगमाईमा २, फाकफोकथुम, इलाम नगरपालिका, माई नगरपालिका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा ५ र लालीगुराँसमा १ जनामा देखिएको छ ।

उदयपुरको त्रियुगामा २ र बेलकामा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फालेलुङमा १, ओखलढुङ्गामा १, संखुवासभामा १, खोटाङमा १, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर