लामो समय पछि डाँडाको बरपीपलमा नायक शिब श्रेष्ठ र भुवन केसीलाई देखिदै  — OSNepal

लामो समय पछि डाँडाको बरपीपलमा नायक शिब श्रेष्ठ र भुवन केसीलाई देखिदै 

LC (KTM) August 11, 2021 0

एकताका सबै दर्शकको इच्छा थियो चलेका नायकहरु शिब श्रेष्ठ,भुवन केसी र राजेश हमाल लाई एउटै फिल्ममा खेलेको हेर्ने । त्यो दर्शकको चाहना चलचित्र राजु राजा रामले एकहद सम्म पुरा गरेको थियो । यो फिल्ममा तीनै जना नायकहरुले २०६२ सालमा आफ्नो अभिनय एउटै पर्दामा प्रस्तुत गरेका थिए ।

त्यसपछि यी तीनै जना नायक संगै एउटै पर्दामा देखिएका छ्रैनन् । तर अब यीनै तीन जना नायक मध्ये २ जनालाई भने एउटै पर्दामा देख्न पाइने भएको छ । नेपाली चलचित्रका सुपरहिट नायकहरु शिब श्रेष्ठ र भुवन केसीलाई एउटै पर्दामा जोड्ने काम गर्दैछन् निर्देशक शोभित बस्नेतले । निर्देशक बस्नेतले आफ्नो फिल्म डाँडाको वरपीपल मा दुबै नायकहरु लाई अनुबन्ध गर्न सफल भएका हुन् ।

रामकाजी घिमिरेको लेखनमा बन्न लागेको यस फिल्मको शुटिंग तालिका समेत सार्वजनिक भईसकेको छ । यो फिल्मको छायांकन भाद्र ५ गते देखी सुरु हुने फिल्मका निर्माता नवराज गिरीले जानकारी दिए । फिल्म २ महिनामा सक्ने तयारी गरिएको छ । यस फिल्ममा गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कट्टेल लाई पनि देख्न पाईने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर