काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएका कारण जति बेला सुकै कडा लकडाउन हुन सक्ने — OSNepal

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएका कारण जति बेला सुकै कडा लकडाउन हुन सक्ने

LC (KTM) August 11, 2021 0

काठमाडौँ- काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो भएपछि उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको हो । । काठमाडौँ उपत्यकामा मात्र हिजो करिब ११ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यका कोरोना महामारीको रेडजोनमै रहेकोले र जुनसुकै बेला पनि लकडाउन हुन् सक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यका कोरोना महामारीको ‘रेडजोनमै रहेको बताएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर