कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा बन्द — OSNepal

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा बन्द

Kesh Karki (USA) August 11, 2021 0

जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको हो । कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणका लागि तयारी भइरहेको उहाँले बताउनुभयो ।

निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्दा जोखिम पनि बढेकाले मङ्गलबार एक सूचना जारी गर्दै सेवा बन्द गरिएको र यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको जनाइएको छ । दैनिक १५ देखि २० वटासम्म नागरिकता लिने र सोही सङ्ख्यामा राहदानी लिन सेवाग्राही आउने गरेको निमित्त प्रजिअ खतिवडाले बताउनुभयो ।

यसैगरी मालपोत कार्यालयको पनि सेवा बन्द गरिएको छ । साउन २२ गते एक सूचना जारी गर्दै दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताउनुभयो ।

जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जिल्ला अस्पतालमा अहिले बिरामीको चाप बढेको निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो जानकारीअनुसार अहिलेसम्म एक हजार ७०७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकामा एक हजार ४६३ निको भएका र १३को मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर