जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको छु : नवनियुक्त घिसिङ — OSNepal

जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको छु : नवनियुक्त घिसिङ

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । नवनियुक्त नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज आफ्नो पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरेसँग घिसिङले यो आफ्नो दोस्रो कार्यकालजीवनकै ठूलो चुनौती भएको बताएका छन् ।

रत्नपार्कस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका घिसिङले भनेका छन्, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु ।यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’

विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको बताएका घिसिङले आफ्नो एउटै व्यक्ति दोहोरि रहनु पर्छ मत नभएको समेत बताएका छन् ।

आज ११ महिना पछि घिसिङ फेरि एक पल्ट विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर