शर्माले दिए ओलीलाई जवाफ : सरकार ढलेको महिना दिनमै प्रश्नको भारी ,अब १५ महिनामा सबै काम चाहियो — OSNepal

शर्माले दिए ओलीलाई जवाफ : सरकार ढलेको महिना दिनमै प्रश्नको भारी ,अब १५ महिनामा सबै काम चाहियो

LC (KTM) August 11, 2021 0

काठमाडौं २७ साउन । सतनारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बोल्ने विभागको जिम्मा दिएको बताएका छन् ।

हिजो मंगलबा संसद भवनमा सम्बोधन गरेका ओलीको विषयलाई लिएर प्रवक्ता शर्माले संसदमा बोलेको जसरी नै साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुने बताउँदै यस्तो टिप्पणी गरेका हुन् ।

आफ्नो सरकार ढलेको महनिा दिनमै प्रश्नको भारी भन्दै शर्माले ओलीलाई इंकित गर्दै भनेका छन्, अब १५ महिनामा सबै काम चाहियो । तथापी शर्माले प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन् , सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्– केपी शर्मा ओली संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारि महिना दिनमै !! तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ बोल्ने विभाग कमरेड ओलिकै जिम्मा थियो, छंदैछ ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर